काठमाडौं । बुल्गेरियाका टेनिस स्टार ग्रिगोर दिमित्रोभलाई कोरोना भाईरसको संक्रमण भएको छ । एड्रिया टुर अन्तर्गतको दोस्रो लेगको खेलका लागि क्रोएसिया पुगेका दिमित्रोभलाई आइतबार कोरोना देखिएको हो ।
सामाजिक संजाल इन्स्टाग्रामबाट दिमित्रोभले आफुमा कोरोना भएको बताएका छन् । अस्वस्थ भएपछि परिक्षण गराउदा उनमा कोरोना देखिएको हो । प्रतियोगिता अन्तर्गत शनिबारको एक खेलबाट समेत उनले नाम फिर्ता लिएका थिए ।
आइतबार उनले नोभाक जोकोभिकसँग खेल्ने तालिका रहेको थियो । दिमित्रोभलाई कोरोना देखिएपछि प्रतियोगिता समेत स्थगित गरिएको छ । कोरोनाको संक्रमण देखिने उनी सर्वाधिक ठुला टेनिस खेलाडी हुन् । एजेन्सी
प्रकाशित मितिः२०७७ असार ०८ सोमबार
Comments