काठमाडौं । रियल मड्रिडका स्टार लुका मोड्रिचले केलियन एम्बाप्ले विश्व फुटबलमा प्रभुत्व राख्न फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्न आवश्यक रहेको बताएका छन् ।
मोड्रिचले एम्बाप्पले आफ्नो क्षमता अनुसार विश्व फुटबलमा प्रभुत्व राख्न पीएसजी छाड्न आवश्यक रहेको बताएका हुन् । फ्रान्सका विश्व विजेता टोलीका सदस्य एम्बाप्पे निरन्तर फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानसंग जोडिएका छन् । पछिल्लो खेलाडी सरुवा बजारमा उनी जिदान नेतृत्व रियल मड्रिडसंगै जोडिएका हुन् ।
पीएसजीका खेल निर्देशक लियोनार्दोले भने एम्बाप्पेसंग जोडिएका सम्पूर्ण हल्ला निराधार भएको बताएका थिए । उनले २१ बर्षिया फरवार्डको भविष्य पेरिसमै रहेको बताएका थिए ।
मोड्रिचले एम्बाप्पेसंग व्यक्तिगत रुपमा सबैभन्दा सबैभन्दा माथिल्लो तहमा पुग्ने क्षमता रहेको भन्दै प्रतिस्पर्धात्मक लिगले मात्र उनको क्षमतामा निखार आउने बताए ।
‘वर्तमान फुटबलमा प्रभुत्व राख्न उनीसंग सबै चिज छ ।’ मोड्रिचले भनेका छन् । ‘मलाई लाग्छ, उनले आफ्नो स्तरमा वृद्धि गर्नका लागि उनी एक प्रतिस्पर्धामा जान आवश्यक छ । जहाँ उनको टिम सजिलै जित्ने छैन ।’ मोड्रिचले भने ।
मोड्रिचले सन् २०१८ मा फिफा बालेन डी ओरको अवार्ड प्राप्त गरेका थिए ।
सेप्टेम्बरमा ३५ बर्ष पुगेका मोड्रिचले यस सिजन रियलबाट ३५ खेल खेल्दै ५ गोल गरे र ५ गोलको अवसर सिर्जना गरे ।
आफ्नो भविष्यको बिषयमा बोल्दै मोड्रिचले अझै केही बर्ष उच्च स्तरको फुटबल खेल्न सक्ने धारणा राखे । साथै उनले एक दिन राष्ट्रिय टिमको प्रशिक्षक बन्ने लक्ष्य रहेको बताए ।
‘मलाई लाग्छ, म अझै दुई बर्ष उच्च तहको फुटबल खेल्न सक्छु । त्यसपछि हेरौ के हुन्छ ।’ मोड्रिचले भने, ‘मेरो करियर रियलमै सक्न चाहन्छु । तर यो सबै क्लबमा निर्भर रहन्छ ।’
‘आवश्य, मैले प्रशिक्षणको कार्स गर्नेछु । राष्ट्रिय टिम, फुटबल भन्दा माथिल्लो भावनाको हुन्छ । एक खेलाडी र एक प्रशिक्षकको रुपमा त्यहाँ हुदाँ सम्मानित महशुश गर्नेछु ।’ उनले भनेका छन् । उनले रियल छाडेर युभेन्ट्स पुगेका क्रिस्टियानो रोनाल्डोलाई समेत सम्झिने गरेको बताए ।
‘रोनाल्डोको क्षमताको बारेमा कुरा गर्न निकै तुच्छ लाग्छ । उनी अहिले भएका मध्य सबैभन्दा राम्रा छन् । हामीले उनको गोल र व्यहारलाई रियलमा धेरै याद गर्ने गरेका छौ । उनी सधै जित्न चाहन्थे । उनी हामीलाई प्रेरित गर्थे र हामीलाई प्रतिक्रिया दिन्थे ।’ मोड्रिचले भने ।
‘एक ब्यक्तीको रुपमा रोनाल्डो १० बर्षका छन् । उनको मन धेरै ठुलो छ । विपन्न ब्यक्तिलाई सहयोग गर्न उनी सधै तयार रहन्छन् ।’ उनी थप्छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ असार २ मंगलबार
Comments