काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलका थप एक जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । प्रिमियर लिगले पछिल्लो चरणको परिक्षणको क्रममा एक जनामा कोरोना देखिएको जनाएको छ ।
तर, प्रिमियर लिगले कोरोनाको संक्रमण भएका व्यक्तिको विवरण गोप्य राखेको छ । तर, संक्रमित व्यक्ति टोटनहमका रहेको बताईएको छ ।
पाँचौं चरणमा ११ सय ९७ खेलाडी र क्लबका स्टाफमा गरिएको परिक्षणमा १ जनामा कोरोना देखिएको हो । यससँगै प्रिमियर लिगका ५ हजार ७९ जना खेलाडी र स्टाफमा कोरोना परिक्षण गर्दा संक्रमितको संख्या १३ पुगेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ २२ बिहिबार
Comments