एजेन्सी, १७ मंसिर । स्पेन र पोर्चुगलबाट प्रहरीले म्याच फिक्सिङको आरोपमा ३४ जना टेनिस खेलाडीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोर्चुगलका २८ र स्पेनका छ जना खेलाडी रहेका छन् । फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीहरु अधिकांश दोस्रो तहका छन् । उनीहरुको परिचय खुलाईएको छैन । पक्राउ पर्नेहरुले १७ वटा खेलमा म्याच फिक्सिङ गरेको आरोप छ ।
उनीहरुवारे थप अनुसन्धान र जानकारी संकलन भैरहेको स्पेनको गृह मन्त्रालयले जानकारी दिएको छ । पक्राउ पर्ने खेलाडीहरुले उनीहरुले म्याच फिक्सिङबाट चार लाख २० हजार चार सय २० पाउण्ड स्टर्लिङ डलर कमाएको दावी प्रहरीको छ । फिक्सिङ गरेवापत पक्राउ परेका खेलाडीले कम्तीमा पनि ५० पाउण्ड स्टर्लिङदेखि ५०० स्टर्लिङसम्म लिने गरेको बताइएको छ । टेनिस म्याच फिक्सिङ सम्बन्धीको अनुसन्धानमुलक खबर गत जनबरीमा विविसी र वुजफिडले सार्वजनिक गरेका थिए ।
टेनिस म्याच फिक्सिङमा ३४ खेलाडी पक्राउ
0
Share.
Comments