ईटालियन महारथी क्लब ईन्टर मिलानले आफ्ना फरवार्ड लौटारो मार्टिनेजलाई बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रिजम्यानसंग साटफेर गर्न चाहेको छ । स्पेनिस क्लब बार्सिलोनाले यस समर ट्रान्सफरमा लिन चाहेको अर्जेन्टिनी फरवार्ड मार्टिनेजलाई ईन्टरले काउटिन्होसंग साटफेर गर्न चाहेको हो ।
२२ बर्षका मार्टिनेज दुई बर्ष अघि साढे १९ मिलियन पाउण्डमा अर्जेन्टिनी क्लब रेसिङ क्लबबाट ईटाली आएका थिए । उनको ईन्टरसंगको सम्झौता अझै तीन बर्ष बाँकी छ ।
ईन्टर आफ्ना महत्वपूर्ण फरवार्डलाई बाहिर पठाउन चाहदैन । मार्टिनेजले यस सिजनमात्र सबै प्रतियोगितामा १६ गोल गरेका छन् । सिरि ए लिगमा मार्टिनेज ईन्टरका मुख्य हतियार बनेका छन् ।
ईटालियन मिडियाका अनुसार ईन्टर भने ग्रिजम्यानसंग साटफेर गर्ने शर्तमा मार्टिनेज बाहिर पठाउन राजी हुन सक्छ ।
फ्रान्सेली फरवार्ड गत समर ट्रान्सफरमा १ सय ८ मिलियन पाउण्डमा एट्लेटिको मड्रिडबाट नाउ क्याप आएका थिए । तर बार्सिलोनामा ग्रिजम्यानको प्रर्दशनमा एकरुपता देखिएन ।
उनले ३७ खेलमा मात्र १४ गोल गर्न सके । लियोनल मेस्सीसंग समेत बार्सिलोनाको अग्र भागमा जम्न नसकेका कारण ग्रिजम्यानको भविष्यलाई लिएर नाउ क्यापमा चिन्ता व्यक्त गरिएको थियो ।
बार्सिलोनाले अर्जेन्टिनी फरवार्ड मार्टिनेजलाई अनुबन्ध गर्ने शर्तमा अर्तुरो भिडाललाई ईटाली पठाउन तयार देखिएको छ । बार्सिलोनाले मार्टिनेज किन्न लाग्ने ९७ मिलियन पाउण्ड रकममा भिडाललाई समावेश गर्न चाहेको हो । एजेन्सी
प्रकाशित मितिः २०७६ बैशाख ३ बुधबार
Comments