काठमाडौं । पोल्याण्डका फुटबल स्टार रोबर्ट लिवानडोस्कीले कोरोना भाइरसविरुद्ध लड्न १० लाख युरो सहयोग गरेका छन्।
हाल जर्मन फुटबल क्लब बार्यन म्युनिखबाट खेलिरहेका लिवानडोस्कीले आफ्नी श्रीमती एनासँग मिलेर जर्मनीलाई १० लाख युरो सहयोग गरेको बीबीसीले जनाएको छ।
लिवानडोस्कीले विश्वभरका मानिसलाई संकटको घडीमा सकेको जति योगदान गर्न आग्रह गरेका छन्। हाल जर्मनीमा २२ हजार ३६४ कोरोनाबाट संक्रमित बनेका छन्। हालसम्म त्यहाँ ८४ जनाको मृत्यु भएको छ।एजेन्सी
प्रकाशित मितिः २०७६ चैत्र ०९ आइतबार
Comments