काठमाडौँ । कोरोना भाइरसको असर अब क्रिकेटमा पनि पर्न थालेको छ । कोरोनाकै कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आगामी अप्रिलमा अमेरिकामा हुने तय भएको विश्वकप लिग २ अन्तर्गत ट्राई सिरिज स्थगित भएको जनाएको छ ।
अप्रिल १ देखि ६ सम्म अमेरिकाको फ्लोरिडामा हुने भनिएको ट्राई सिरिजमा अमेरिका, स्कटल्याण्ड र युएईले ६ खेल खेल्ने तय थियो । तर अहिले कोरोनाको कारण खेलाडीहरुको ट्राभलमा विभिन्न देशहरुले रोक लगाइरहेको, तापक्रमको जोखिम बढिरहेकोले सिरिज स्थगित गर्ने निर्णय गरेको आइसीसीले जनाएको छ ।
आईसीसीका इभेन्ट प्रमुख क्रिस टेटलीले विश्वकप लिग २ को छैटौं सिरिज स्थगित गरिएको भन्दै सिरिजको नयाँ मिति पछि तय गरिने बताए ।
प्रकाशित मितिः २०७६ फागुन ३० शुक्रबार
Comments