काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गत यतिबेला नेपाल र ओमान खेलिरहेका छन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आइतवार जारी खेलमा नेपालले उत्कृष्ट ब्याटिङ गरिरहेको छ ।
नेपालले ४२.३ ओभरमा २ सय रन पूरा गरेको छ । यस क्रममा नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५६, पारस खड्काले ३८, कुशल मल्लले २८, सुवास खकुरेलले २२ रन बनाए । त्यस्तै आरिफ शेखले २८ रन बनाए ।
क्रीजमा रहेका विनोद भण्डारीले १८ र करण केसीले १ रन बनाएर खेलिरहेका छन् ।
प्रकाशित मितिः २०७६ माघ २६ आइतबार
Comments