काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना जारी सिजनको लिग तालिकाको पुछारमा रहेको स्पान्योलसँग बराबरीमा रोकिएको छ ।शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पान्योलसँग २–२ को बराबरीमा रोकिएको हो ।
बार्सिलोनाका लागि लुईस स्वारेज र अर्टुरो भिडालले एक एक गोल गरे । यस्तै स्पान्योलका लागि डभिड लोपेज र वु लेईले एक एक गोल गरे ।
खेलको २३ औं मिनेटमा लोपेजले गोल गर्दै स्पान्योललाई अग्रता दिलाएका थिए । ५० औं मिनेटमा बार्सिलोनाका स्वारेजले गोल गर्दै खेल बराबरीमा ल्याए । ५९ औं मिनेटमा बार्सिलोनाका भिडालले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर ८८ औं मिनेटमा स्पान्योलका चिनियाँ खेलाडी लेईले गोल गर्दै बार्सिलोनालाई अंक बाँड्न बाध्य बनाएका छन् ।
फ्रेन्की डी जोङ ७५ औं मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो । बराबरीपछि बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानको बार्सिलोना र रियलको समान ४० अंक भएपनि गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा छ । तालिकाको पुछारको टिम स्पान्योलले ११ अंक बनायो ।
प्रकाशित मितिः २०७६ पौष २० आइतबार
Comments