काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारीले नेपालको लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएकी छिन् ।
१३ औं साग अन्तर्गत पोखरा रंगशालामा माल्दिभ्सविरुद्ध गोल गर्दै सावित्राले कीर्तिमान बनाएकी हुन् ।
माल्दिभ्सविरुद्धको गोलसँगै सावित्राले नेपालको लागि ३६ गोल पुरा गरिन् । सावित्राले अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान भंग गरेकी हुन् ।
प्रकाशित मितिः२०७६ मंसिर १९ बिहीबार
Comments