काठमाडौँ । युरो कप छनोटमा नेदरल्याण्डले स्टोनियालाई ४–० गोल अन्तरले पराजित गरेको छ । सोमबार राति भएको खेलमा डच टोलीले स्टोनियालाई हराउँदै युरो छनोटमा अगाडी बढेको छ ।
डच टोलीको जितले नर्दन आयरल्याण्ड र जर्मनीमाथि दबाब थपिएको छ । तेस्रो स्थानको नेदरल्याण्डले ४ खेलबाट ९ अंक जोडेको छ । नर्दन आयरल्याण्ड ५ खेलबाट १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।
शीर्ष स्थानको जर्मनीको समेत समान १२ अंक छ । रायन बाबेलले दुई गोल गरेको खेलमा मेम्फिस डीपे र जर्जिन्हो विजनलमले एक–एक गोल गरेका थिए ।
१७ औ मिनेटमा डेली ब्लाईन्डको क्रसलाई सदुपयोग गर्दै बाबेलले डच टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४७ औ मिनेटमा हेडमार्फत उनैले नेदरल्याण्डको अग्रता दोब्बर पारे ।
७६ औ मिनेटमा मेम्फिस डीपेले डच टोलीलाई ३–० को अघि बढाए । जर्जिन्हो विजनलमले खेल सकिन तीन मिनेट बाँकी छदाँ हेडमार्फत टोलीका लागि चौथो गोल गरे । स्टोनिया तालिकामा अंक विहिन हुदै पुछारमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ २४ मंगलबार
Comments