काठमाडौँ । भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा भुटानलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ ।
बिहीबार कल्याणी रंगशालामा भएको अन्तिम खेलमा भुटानलाई ५—० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुग्न सफल भएको हो । खेलमा कप्तान प्रदिप लम्सालले २ गोल गरे भने अशिम राई, क्रिस सापकोटा र निराजन खत्रीले एक गोल गरे ।
खेलको ५ औं मिनेटमा प्रदिपले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९ औं मिनेटमा निराजनले गोल गर्दै नेपाललाई २—० को अग्रता दिलाए । दोस्रो हाफमा नेपालले थप ३ गोल गर्यो ।
। खेलको ४८ औं मिनेटमा प्रदिपले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३—० को अग्रता लिए ।
खेलको ७५ औं अशिमले गोल गर्दा नेपालको अग्रता ४—० को बन्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा क्रिसले गोल गर्दै नेपाललाई ५—० को जित दिलाए ।
प्रकाशित मितिः २०७६ भदौ १२ बिहिबार
Comments