काठमाडौँ । सन् २०११ देखि दिन थालिएको युइएफएको प्लेयर अफ द इयर अफ द इयरको अवार्डका लागि २०१८/२०१९ सिजनको तीन जनाको अन्तिम मनोनयन सार्वजनिक गरेको छ । यस अघि सार्वजनिक गरेको १० जनाको सुचीबाट उत्कृष्ट ३ जना खेलाडी छानिएको हो ।
छानिएका खेलाडीमा लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो र भिगिल भान डाइक रहेका छन् । आगामी अगस्त २९ मा हुने च्याम्पियन्स लिगको समुह चरणको ड्र मा विजेताको घोषणा गरिने युइएफएले जनाएको छ ।
अर्जेन्टिनाका मेसी यस बर्ष बार्सिलोनाका लागि च्याम्पियन्स लिग र ला लिगाका शिर्ष गोल कर्ता हुने भने बार्सिलोनालाई ला लिगाको उपाधि जिताएका छन् ।
त्यस्तै क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई युएईएफए नेशन्स लिग जिताएका छन् भने सो प्रतियोगिताका उच्च गोल कर्ता समेत हुन् । साथै रोनाल्डोले युभेन्टस लाई सिरी ए को उपाधि समेत जिताएका छन् ।
त्यस्तै नेदरल्याण्डसका भान डाइकले लिभरपुललाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए भने नेदरल्याण्डसलाई युइएफए नेशन्स लिगको फाइनलमा पुर्याएका थिए ।
उत्कृष्ट १० मा परेका अन्य खेलाडीहरुमा चौथो नम्बरमा ब्राजिलका लिभरपुलबाट खेल्ने गोलकिपर एलिसन बेकर जसले ५७ अंक पाए भने पाँचौ स्थानमा सेनेगलका लिभरपुलबाट खेल्ने साडियो मानेले ५१ अंक पाए ।
त्यस्तै छैठौ स्थानमा रहेका इजिप्टका लिभरपुलबाट खेल्ने मोहमद सलाहले ४९ अंक पाए भने सातौ स्थानमा रहेका बेल्जियमका इडेन हजार्डले ३८ अंक पाए ।
त्यस्तै आठौ स्थानमा रहेका नेदरल्याण्डसका माथिस डि लाइटले २७ तथा नेदरल्याण्डस कै फ्र्यांकी डि जंगले पनि २७ अंक पाए । त्यसैगरी दशौ स्थानमा रहेका इङल्याण्डका म्यानचेस्टर सिटीबाट खेल्ने रहिम स्टरलिङले १२ अंक पाए ।
युइएफए अवार्डमा रोनाल्डो हावी :
युइएफएले दिने यस अवार्डको नाम पहिला बेस्ट प्लेयर अफ युरोप थियो । अहिलेसम्म आठ पटक दिइएको यो अवार्ड क्रिस्टियानो रोनाल्डोले सबै भन्दा धेरै तीन पटक जितेका छन् ।
रोनाल्डोले २०१३-१४, २०१५-१६ र २०१६-१७ गरि तीन पटक यो अवार्ड जितेका हुन् । त्यस्तै लियोनेल मेसीले २०१०-११ र २०१४-१५ गरी दुई पटक यो अवार्ड जितेका छन् ।
रोनाल्डो र मेसीले बाहेक सन् २०११-१२ मा आन्द्रे इनेष्टा, २०१२-१३ मा फ्र्यांक रिबेरीले जितेका छन् ।
त्यस्तै २०१७-१८ को यो अवार्ड क्रोसियाका रियल म्याड्रिडबाट खेल्ने लुका मोड्रीचले जितेका थिए ।
Comments