काठमाडौं । दक्षिण कोरियाका फुटबल फ्यान स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोसँग आक्रोशित भएका छन्। प्रि–सिजन मैत्रीपूर्ण खेल अन्तर्गत के लिगका अल स्टारसँगको खेलमा रोनाल्डो मैदानमा नदेखिएपछि दक्षिण कोरियाका फुटबल फ्यान रोनाल्डोसँग आक्रोशित भएका हुन् ।
सो खेलमा रोनाल्डो ४५ मिनेट खेल्ने पूर्व सहमति थियो । तर उनी थप खेलाडीकै बेन्चमा बसिरहे, मैदानमा खेल्न गएनन्। रोनाल्डोले खेल्ने संकेत नपाएपछि फ्यान आक्रोशित भए । उनीहरुले लियोनल मेस्सीको नाम लिएर चर्को नारा लागए । तर रोनाल्डो मैदानमा गएनन् ।
आक्रोशित फुटबल फ्यानले उजुरी दिएका छन् र आफूहरुले क्षतिपूर्ति पाउनु पर्ने माग गरेका छन् । धेरैले रोनाल्डो खेल्ने आशमा टिकट किनेका थिए । उनीहरुले रहेक टिकटका लागि ५९ अमेरिकी डलर क्षतिपूर्ति पाउनु पर्ने माग गरेका छन् ।
सामाजिक सञ्जालमा आक्रोशित फ्यानले रोनाल्डाको आलोचना गरेका छन् । रोनाल्डोले ६० हजार फ्यानलाई धोका दिएको उनीहरुको भनाई छ । एक प्रयोगकर्ताले लेखेका छन्, ‘म अब रोनाल्डोको फ्यान रहिन ।’
प्रकाशित मितिः २०७६ साउन १५ बुधबार
Comments