काठमाडौं । इन्टरनेश्नल च्याम्पियन्स कपमा लण्डन क्लब आर्सनलले बार्यन म्युनिखलाई पराजित गरेको छ । बिहिबार भएको खेलमा आर्सनलले जर्मन लिग च्याम्पियन बार्यनलाई २–१ गोल अन्तरले हराएको हो ।
४९ औ मिनेटमा लुई पोजानस्कीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।
७१ औ मिनेटमा बार्यनले बराबरी गोल फर्कायो । बुन्डेशलिगा क्लबका लागि रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए ।
खेल सकिन दुई मिनेट बाँकी छदाँ एडवर्ड निस्केयाले गोल गर्दै लण्डन क्लबलाई जित दिलाउन सफल रहे ।
प्रि–सिजनमा रहेका दुवै टोलीले प्रतियोगितामा सहभागी भएका हुन् । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन २ बिहिबार
Comments