काठमाडौं । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डले तेस्रो जित निकालेको छ ।
साउथह्याम्पटनमा शुक्रबार भएको खेलमा वेष्ट इण्डिजलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा इंग्ल्यान्डले तेस्रो जित निकालेको हो । वेष्ट इण्डिजले दिएको २१३ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३३ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
इंग्ल्याण्डका लागि जोय रुटले १ सय, जोनी ब्रैस्टोले ४५, क्रिस वोक्सले ४० र बेन स्टोक्सले अविजित १० रन बनाए । वेष्ट इण्डिजका टेरी गाब्रिलले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ४४ ओभर ४ बलमा अलआउट हुँदै २१२ रन बनाएको थियो ।
वेष्ट इण्डिजका लागि निकोलस पुरनले ६३, सिम्रन हिटमायरले ३९, क्रिस गेलले ३६ र आन्द्रे रुसेलले २१ रन बनाए । इंग्ल्याण्डका आर्चर जोफ्रा र मार्क उडले ३-३, जोय रुटले २ तथा लियाम प्लन्केट र क्रिस वोक्सले १-१ विकेट लिए ।
जितसँगै इंग्ल्याण्डले ४ खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित वेष्ट इण्डिजले ४ खेलबाट ३ अंक जोड्दै छैटौं स्थानमा छ ।
प्रकाशित मितिः २०७६ जेठ ३२ शनिबार
Comments