काठमाडौं । च्याम्पियन्स लिगमा अप्रत्याशित हार बेहोरेको बार्सिलोनाले ला लिगामा भने जित हासिल गर्दै विजयी लयमा फर्किएको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई २-० गोल अन्तरले पराजित गरको छ । बार्सिलोनाको जितमा एक गोल अर्टूरो भिडालले गरे भने एक गोल गेटाफेका आरामबारीले आत्मघाती गोल गरेका थिए ।
जितपछि बार्सिलोनाले ३७ खेलमा ८६ अंक हासिल गरेको छ भने गेटाफेको ५८ अंक भएको छ । यो हारले गेटाफेको च्याम्पियन्स लिगमा छनौट हुने अभियानमा धक्का लागेको छ । गेटाफे भलेन्सियासँगै ५८ अंकसहित पाचौ स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७६ वैशाख ३० सोमबार
Comments