काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुलका स्टार रोबर्टो फिर्मिनो अभ्यासमा फर्किएका छन् । मांशपेशी च्यातिएपछि पछिल्लो समय आराम गरिरहेका फिर्मिनो च्याम्पियन्स लिगको सेमिफाइनल खेल अगाडी मैदान फर्किएका हुन् । फिर्मिनोलाई समावेश गर्दै लिभरपुलले नाउ क्यापमा खेल्ने २३ सदस्यीय खेलाडीको सुचि तयार गरेको छ ।
लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोप अन्तिम दिनसम्म फिर्मिन्होलाई पर्खने बताए । च्याम्पियन्स लिगको सेमिफाईनलको पहिलो लेगको खेलमा लिभपुलले बुधबार बार्सिलोनासंग खेल्दैछ ।
माशंपेशी च्यातिएपछि २७ बर्षिय ब्राजिलियनले प्रिमियर लिगमा हुडर्सफिल्डविरुद्वको खेल गुमाएका थिए । ‘यदी उनी तयार भएमा खेल्ने सक्नेछन् ।’ क्लोपले भनेका छन् । ‘उनी मैदानमा आएका छन् । अभ्यास गरेका छन् । अन्तिम सेसन हेरेर उनको बिषयमा निर्णय हुनेछ ।’ उनले भने ।
चोटका कारण मैदान बाहिर रहेका फिर्मिन्हो अप्रिल २१ मा कार्डिफ सिटीविरुद्वको खेलमा देखिएको थिए । प्रशिक्षक क्लोपले फिर्मिन्होको चोट चाँडो निको हुने अवस्थामा रहेको भन्दै फिटनेसको जाँच गरेर थप निर्णय लिने बताए । एजेन्सी
प्रकाशित मितिः २०७६ वैशाख १८ बुधबार
Comments