काठमाडौँ । म्यान्चेस्टर सिटीले चेल्सीलाई पराजित गर्दै कराबाओ कप लिग कप को उपाधि जितेको छ । गएराती भएको फाइनल खेलमा सिटीले चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजति गर्दै लिग कपको उपाधि जितेको हो । निर्धारित समयमा खेल बिना कुनै गोल सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।
पेनाल्टी सुटआउटमा चेल्सीका लागि जर्जिनो र डेभिड लुइजले पेनाल्टी मिस गरेका थिए भने सिटीका लिरोय सानेले पेनाल्टी मिस गरेका थिए । सिटीका रहिम स्टरलिङले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै सिटीलाई लिग कपको उपाधि जिताएका थिए ।
यो सहित सिटीले छैठौ पटक लिग कपको उपाधि जितेको छ । प्रतियोगियाको इतिहासमा सिटीले भन्दा बढी लिभरपुलले ८ पटक यो उपाधि जितेको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ फागुन १३ सोमबार
Comments