काठमाडौं । भुटानमा जारी जिग्मे दोर्जी बाङ्गचुक स्मृति गोल्डकप फुटबल प्रतियोगितामा नेपालको रुस्लान थ्रीस्टार क्लबले भुटानको उग्येन एकेडेमीसंग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको दोस्रो क्वाटरफाइनखेल आज शनिबार दिउसो सवाँ ३ बजे हुनेछ । प्रतियोगितामा थ्रीस्टारले बाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो ।
नेपाली टिम आर्मीले पहिलो खेलमा शुक्रबार फराकिलो जित सहित प्रतियोगिताको सुखद सुरुवात गरेको थियो । नेपालबाट थ्री स्टार र आर्मी प्रतियोगितामा सहभागि छन् । थ्री स्टारले सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थानमा रहि लिग अन्त्य गरेको थियो । मोफसलका प्रतियोगितामा राम्रो अभ्यास गरेर थ्री स्टार टिम भुटान पुगेको हो ।
नयाँ खेलाडीमा रेजिन सुब्बालाई समावेश गरेको थ्री स्टारले दुई बिदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टिनलाई समेत टिममा समावेश गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले लिगमा चौथो स्थान सम्म रहने टिमलाई देश बाहिर प्रतियोगिता खेल्ने ब्यवस्था मिलाएको छ । आजको विजेताले युनाइटेड ब्रदर्स र रोयल फुटबल क्लब भारत बीचको विजेतासँग खेल्नेछ । प्रतियोगितामा नेपालका दुई क्लब, भारतका ४ क्लब गरि १२ क्लब रहेका छन् ।
प्रकाशित मितिः २०७५ फागुन ४ शनिबार
Comments