धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिडीपीएल क्रिकेट सोमबार बिहान ९ बजेदेखि सुरु हुँदैछ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै आज नै हुने दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्स र महेन्द्रनगर युनाइटेडबीच १ बजे प्रतिस्पर्धा हुनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी बाट मान्यता प्राप्त प्रतियोगितामा ६ टोली धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहेको छ ।
प्रकाशित मितिः २०७५ माघ २८ सोमबार
Comments