काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा चिली कोस्टारिकासँग पराजित भएको छ । नेपाली समयअनुसार शनिबार बिहान भएको खेलमा चिली आफ्नै घरमा २–३ ले हारेको हो । खेलको ६४औं मिनेटसम्म चिली आफ्नो घरमा ०–३ ले पछि परिसकेको थियो । तर, त्यसपछि उसले २ गोल गरेर खेलमा फर्किने प्रयास गरे पनि त्यो पर्याप्त भएन ।
पाहुना टोली कोस्टा रिकाका लागि केन्डाल वासटोनले २ गोल गरे । उनले खेलको ३६औं र ५९औं मिनेटमा गोल गरेका थिए । त्यसपछि खेलको ६४औं मिनेटमा रोनाल्डा माट्रिटाले गोल गरेपछि कोस्टा रिकाले चिलीविरुद्ध ०–३ को फराकिलो अग्रता लिएको थियो ।
तर, चिलीले खेलको ७०औं मिनेटमा पहिलो गोल फर्कायो । सो गोल सेवास्टिएन भेगासले गरेका थिए । त्यसपछि ९०औं मिनेटमा एलेक्स सान्चेजले गोल गरेर गोलअन्तर घटाए पनि बाँकी समयमा गोल गर्न नसकेपछि खेल कोस्टा रिकाले २–० ले जित्यो ।
प्रकाशित मितिः २०७५ मंसिर १ शनिबार
Comments