काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुल बराबरीमा रोकिएका छन् । लिभरपुलकै घरेलु मैदान एनफिल्डमा भएको सो खेलमा सिटी र लिभरपुल गोलरहित बराबरीमा रोकिएका हुन् ।
सो बराबरीपछि शीर्ष स्थानको सिटीले ८ खेलबाट २० अंक बनाएर शीर्ष स्थान कायमै राखेको छ भने समान अंक भएपनि गोलान्तरका आधारमा पछाडि पर्दै लिभरपुल तस्रो स्थानमा छ । हिजाकै अर्को खेलबाट चेल्सीले जित निकाल्दै दोस्रो स्थान कब्जा गरेको हो । चेल्सीले साउथह्याम्टनलाई ३–० ले पछारेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज २२ शोमबार
Comments