काठमाडौं । इंग्ल्यान्ड राष्ट्रिय फुटबल टोली र चेल्सी फुटबल क्लबका पूर्वकप्तान जोन टेरीले फुटबलबाट सन्यास लिएका छन् । टेरीले सामाजिक संजाल इन्स्टाग्राममा लेख्दै आफ्नो सन्यास घोषणा गरेका हुन् ।
३७ बर्षिया डिफेन्डर टेरी गत सिजन च्याम्पियनसिप क्लब एस्टन भिल्ला छाडेपछि क्लबविहिन रहेका थिए । उनले इन्स्टामा लेखेका छन्, ‘फुटबलरका रुपमा २३ वर्षको यात्रा अविश्वसनीय रहयो । अब यो यात्रालाई बिट मार्ने यहि सहि समय रहेको मैले निर्णय गरेको छु’ । टेरीले राष्ट्रिय टोलीका लागि ७८ पटक र सन् २०१७ मा चेल्सी छाड्नुअघि २ दशक क्लबमा रहेर खेलेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज २२ शोमबार
Comments