काठमाडौं । भुटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज आइतबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बंगलादेशबीचको फाइनल खेल थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाली समय अनुसार अपरान्ह ६ः४५ मा हुनेछ ।
नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले तथा बंगलादेशले भुटानलाई ४–० ले हराएर हराएर फाइनल पुगेका हुन् । प्रतियोगिताको समूह चरणमा नेपाल बंगलादेशसँग पराजित भईसकेको छ । समूह बि मा रहेको नेपाल समूह चरणमा बंगलादेशसंग २–१ ले पराजित भएको थियो । फाइनलअघि आजै तेस्रो स्थानका लागि भुटानले र भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रकाशित मितिः २०७५ असोज २१ आइतबार
Comments