काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । हिजो भएको फाइनल खेलमा बंगलादेशलाई तीन विकेटले हराउँदै भारतले सातौं पटक एसिया कपको उपाधि जितेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बंगलादेशले दिएको २२३ रनको लक्ष्य भारतले ५० ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।
भारतका लागि कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् । टोलीका लागि कप्तान रोहित शर्माले ४८, दीनेश कात्र्तिकले ३७, शिखर धवनले १५, महेन्द्र सिंह धोनीले ३६, रविन्द्र जडेजाले २३, भुवनेश्वर कुमार २१ रन बनाए । त्यस्तै,केदार जाधाव २३ र कुलदिप यादव ५ रनमा अविजित रहे ।
बंगालादेशका मुस्ताफिजुर रहमान, रुवेल हसनले समान २ तथा नाजमुल इस्लाम, मुर्सफे मुर्तजा र महमुदुल्लाले समान १ विकेट लिएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४८ ओभर ३ बलमा अलआउट हुँदै २२२ रन जोडेको थियो । बंगलादेशका लागि लिटोन दासले १२१ रनको शतकीय इनिङस खेले । त्यस्तै सौम्य सरकारले ३३, हसन मिराजले २३, नाजमुल इस्लाम ७, मोहमम्द मिथुन २, मुश्फिकर रहिम ५, महामुदुल्लाह ४, मशरफी मुर्तजा ७, इमरुल कायेस २ रन बनाए ।
भारतका लागि कुलदीप यादवले ३, केधार जाधव २ र युजवेन्द्र चाहल र जसप्रित बुमराहले समान १ विकेट लिए । योसंगै भारतले सातौं पटक एसिया कपको उपाधि जितेको छ । श्रीलंकाले ५ र पाकिस्तानले २ पटक एसिया कप जितेको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज १३ शनिवार
Comments