काठमाडौं । काराबाओ कप फुटलबमा इंग्लिस प्रिमियर लिग फुटबलको साबिक विजेता म्यानचेस्टर सिटीले प्रभावशाली जित दर्ता गरेको छ । उसले तेस्रो चरणअन्तर्गको पहिलो खेलमा अक्सफोर्ड युनाइटेडलाई उसकै घरमा ३–० ले हराएको हो ।
सिटीलाई अवे मैदानमा जिताउन खेलको ३६औं मिनेटमा गाब्रिएल जेसुसले सुरुआती गोल गरेका थिए । त्यसपछि खेलको ७८औं मिनेटमा रियाद महरेजले गोल गरेर अग्रता २–० बनाए । त्यसपछि ९० मिनेटको निर्धारित समय सकिएपछिको समयमा फिल फेडोनले गोल गरेपछि सिटीले खेल ३–० ले जित्यो । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज १० बुधबार
Comments