काठमाडौं । पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले इटालियन सिरी ए फुलटबमा पहिलो २ गोल गरेका छन् ।
नौ वर्ष रियल मड्रिड छाडेर ११२ मिलियन युरोमा यो सिजन इटालियन च्याम्पियन युभेन्टसमा अनुबन्ध भएका रोनाल्डोले लिगका तीन खेल सकिँदासम्म पनि गोल गर्न सकेका थिएनन् ।
युभेन्टसका लागि रोनाल्डोले गोल गर्न नसक्दा उनी आउँदा उत्साहित भएका फ्यानमा निराशा छाएको थियो । तर रोनाल्डोले सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा गोलको खडेरी तोडेका हुन् ।
उनले सासुओलेको खेलमा दुई गोल गरे । घरेलु मैदानमा भएको खेलमा युभेन्नटसले सासुओलोलाई २(१ ले हरायो । युभेन्टसका लागि दुवै गोल रोनाल्डोले गरेका हुन् ।
सासुओलोका लागि बाबाकारले एक गोल फर्काए । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५० औँ मिनेटमा रोनाल्डोले सिरी ए मा आफ्नो पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको १५ मिनेटपछि रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे ।
तर रोनाल्डोले दुई गोल गरिसकेकाले टिमको लगातारको जित यात्रा भने कायम रह्यो । लगाचार चौथो जित दर्ता गरेको युभेन्टसको १२ अंक भएको छ ।
रोनाल्डो ह्याट्रिकबाट यसरी चुके
रोनाल्डोका लागि आइतबारको रात राम्रो देखिएको थियो । उनले अन्तिम तिर ह्याट्रिक गर्ने बलियो सम्भावना देखाएका थिए अन्तिममा उनले साह्रै सजिलो मौका खेर फाले । पेनाल्टी एरियाबाट गरेको उनको प्रहारले गोलको दिशा दिन सकेन र रोनाल्डो ह्याट्रिकबाट चुके ।
रोनाल्डोले गोल गर्नुअघि यो सिजन सिरी ए मा गोल बिहीन ३२० मिनेट मैदानमा बिताए । सासुओलोसँगको खेलको ५० औँ मिनेटमा गरेको गोलले रोनाल्डोको पर्खाई तोड्यो र सँगै रोनाल्डोको गोल हेर्न लालायित युभेन्टस फ्यानहरुको पनि ।
उनले २८ औँ प्रयासमा गोल गर्न सकेका हुन् । रोनाल्डो पहिलो हाफमा निकै निराश देखिएका थिए । उनले खेलको छैटौँ मिनेटमा गोलका लागि प्रयास गरेका थिए तर सफल हुन सकेनन् ।
रोनाल्डोको पहिलो गोल रंगशालमा रहेका सबै फ्यानले निकै सेलिब्रेट गरे । रोनाल्डोको पहिलो गोलको साक्षी बन्नका लागि उनकी प्रेमिका र जेठो छोरा पनि गएका थिए ।
प्रकाशित मितिः २०७५ असोज १ सोमबार
Comments