काठमाडौं । बार्यन म्युनिखले बुण्डेस लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ। जर्मन च्याम्पियन बार्यनले शुक्रबार राति सिजनको पहिलो खेलमा होफेनहाइममाथि सहज जित निकाल्दै विजयी सुरूवात गरेका हुन्।
बार्यनले घरेलु मैदानमा भएको खेलमा होफेनहाइमलाई ३–१ ले हराउँदै विजयी सुरूवात गरेको हो। बार्यनको जितमा थोमस मुलर, रोबर्ट लेवान्डोस्की र आर्जेन रोबिनले गोल गरे। होफेनहाइमका लागि एडम स्जालाईले गोल फर्काए।
खेलको २३ औं मिनेटमा मुलरको गोलबाट अग्रता लिएको घरेलु टोलीले पहिलो हाफसम्म १,० को अग्रता लियो।दोस्रो हाफको ५७ औं मिनेटमा एडकले गोल गर्दै होफेनहाइम खेलमा फर्कियो।
खेलको अन्तिम ८ मिनेटमा बार्यनले दुई गोल गर्दै जित सुनिश्चित भयो। खेलको ८२ औं मिनेटमा पेनाल्टीबाट लेवान्डोस्कीले गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए। खेलको ९० औं मिनेटमा रोबिनले गोल गरेपछि बार्यन ३–१ ले विजयी भयो।
प्रकाशित मितिः २०७५ भदौ ९ शनिवार
Comments