काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई हराएको छ । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको लन्डन डर्बी भिडन्तमा चेल्सीले आर्सनललाई ३–२ ले हराएको हो ।
चेल्सीको जितमा पेड्रो रोड्रिग्वेज, अल्भारो मोराटा र मार्को एलोन्सोले गोल गरे । आर्सनलका लागि हेनरिक मिखटारियन र एलेक्स इओवीले गोल गरे । खेलको नवौं मिनेटमा एलान्सोको उत्कृष्ट क्रसमा पेड्रोको गोलबाट अग्रता बनाएको थियो । २० औं मिनेटमा मा सेजरको पासमा मोराटाले अफ साइड बिटबाट गोल गर्दै चेल्सीले खेलमा २–० को अग्रता बनायो ।
३७ औ मिनेटमा गोल गर्दै हेनरिक मिखटारियनले आर्सनललाई २–१ को स्थितिमा पु¥याएका थिए । मिखटारियनकै पासमा ४१ औ मिनेटमा एलेक्स इओबीले गोल गर्दै खेल बराबरीमा ल्याए । ८१ औ मिनेटमा मार्कोस एलोन्सोले गोल गर्दै चेल्सीलाई ३–२ को रोमाञ्चक जित दिलाए ।
चेल्सीले सुरुवाती दुई खेलबाट ६ अंक जोडेको छ । आर्सनलको भने यो लगातार दोस्रो हार हो । यसअघि आर्सनल पहिलो खेलमा साविक विजेता म्यानचेस्टर सिटीसँग पराजित भएको थियो ।
प्रकाशित मितिः २०७५ भदौ ३ आइतबार
Comments