भक्तपुर ३१ साउन । रियल मड्रिडलाई हराउँदै एथ्लेटिको मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडलाई अतिरिक्त समयमा ४,२ गोल अन्तरले हराएर एट्लेटिकोले उपाधि जितेको हो ।
स्टोनियामा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन डिएगो कोष्टाले दुई गोल तथा सउल निगुएज र कोकेले एक एक गोल गरे । यस्तै रियलका लागि करीम बेन्जिमा र सर्जियो रामोसले एक एक गोल फर्काए । खेलको ४९ सेकेण्ड मै कोष्टाले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाए । खेलको २७ औं मिनेटमा रियलका बेन्जिमाले गोल गर्दै खेल १,१ को बराबरीमा ल्याए ।
पहिलो हाफ १,१ गोलको बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै रियललाई २(१ को अग्रता दिलाए । तर, खेलको ७९ औं मिनेटमा एट्लेटिकोका कोष्टाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २,२ गोलको बराबरी ल्याएका थिए ।
त्यसपछि खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा निगुएज र कोकेले गोल गर्दै एट्लेटिकोलाई उपाधि दिलाए । निगुएजले खेलको ९९ औं र कोकेले १०५ औं मिनेटमा गोल गरे । च्याम्पियन्स लिग बिजेता र युरोपा लि बिजेताबीच हुने सुपर कपको उपाधि एट्लेटिकोले तेस्रो पटक जितेको हो । एजेन्सी
Comments