भक्तपुर २८ साउन । रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेपछि बायर्न म्युनिखले जर्मन सुपरकपको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा म्युनिखले इन्ट्राच्ट फ्राङ्कफ्रटमाथि ५–० को प्रभावशाली जित निकाल्दै जर्मन सुपकप च्याम्पियन बन्न सफल भएको हो।
कमर्जबैंक एरिनामा भएको खेलमा म्युनिखलाई जिताउन रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै किङ्सले कोमान र थियागो अलकान्तारले एक,एक गोल गरे। खेलको २१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलबाट बायर्नले अग्रता बनाएको थियो। त्यसको ५ मिनेटपछि रोबर्टले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्नले पहिलो हाफमा २–० को अग्रता बनायो ।
दोस्रो हाफमा झनै आक्रमक भएको बायर्नले थप तीन गोल गर्यो। ५४ औं मिनेटमा रोबर्टलले ह्याट्रिक पूरा गर्दै टिमलाई ३(०को अग्रता दिलाए। त्यसपछि किङ्सले कोमानले ६३ औं मिनेटमा गोल गर्दै बायर्नलाई खेलमा ४–० ले अग्रता दिलाए। खेल सकिन ५ मिनेट बाँकी हुँदा थियागो अलकान्ताराले गोल गर्दै बायर्नलाई ५–० को प्रभावशाली जित दिलाए। यो सँगै बायर्नले जर्मन सुपरकपको उपाधि उचाल्यो। एजेन्सी
Comments