९ साउन । एसियाली खेलकुदअन्तर्गत पुरुषतर्फको फुटबल प्रतियोगिताको पुनः ‘ड्र’ सार्वजनिक भएको छ । सिरिया र प्यालेस्टाइनलाई एसियन गेम्समा सहभागि गराउनु पर्ने भएपछि नयाँ ‘ड्र’ गरिएको हो ।
एसियन फुटबल फेडेरेसनले बुधबार सार्वजनिक गरेको नयाँ खेल तालिका अनुसार नेपाल समूह ‘डी’मै परेको हो । नेपाल यसअघिको ‘ड्र’ मा पनि समूह ‘डी’ मै परेको थियो ।
एसियन कपको नयाँ ‘ड्र’ अनुसार नेपालको समूहमा एसियन फुटबलको पावर हाउस जापान सहित भियतनाम र पाकिस्तान रहेका छन् । अघिल्लो खेल तालिका अनुसार चारै टोली यहिँ समूहमा रहेको थियो। नयाँ टोली प्यालेस्टाइन समूह ‘ए’ मा परेको छ भने सिरिया समूह ‘सी’ मा परेका छन् ।
एसियन गेम्सको खेल तालिका भने सार्वजनिक गरिएको छैन ।
सहभागी टोलीलाई चार समूहमा विभाजन गरी खेल तालिका निकालिएको हो । प्रत्येक समूहबाट दुई शीर्ष टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।
इन्डोनेसियाको जाकार्तामा आगामी महिनामा हुने प्रतियोगिताको पुरुष फुटबलको स्पर्धा अगष्ट १४ बाट सेप्टेम्बर १ मा हुँदैछ । (एजेन्सी )
Comments