काठमाडौं २९ असार । रसियामा भइरहेको २१औँ संस्करणको फाइनल खेल ओपनिङ म्याच खेलाएका अर्जेन्टिनकै रेफ्री नेस्टर पिटानाले खेलाउने भएका छन्। सेन्ट पिटर्सवर्ग स्थित लुजनिकी स्टेडियममा हुने फ्रान्स र क्रोएसियाबीचको फाइनल खेल पिटानाले खेलाउने फिफाले जनाएको छ।
लुजनिकीमै भएको आयोजक रसिया र साउदी अरेबियाबीचको ओपनिङ म्याच समेत उनैले खेलाएका थिए। शारीरिक शिक्षाका शिक्षक समेत रहेका ४३ वर्षीय पिटानाले ओपनिङ सहित रसियामा ४ खेल खेलाइसकेका छन्।
फाइनल खेलमा अर्जेन्टिनाकै हेर्नान मइडेना र हुवान पि बेलाट्टीले पिटानलाई असिस्टेन्ट रेफ्रीको रुपमा सघाउनेछन्। यस्तै नेदरल्याण्ड्सका बजान कुइपर्स फोर्थ अफिसियलको रुपमा हुनेछन् भने रेफ्री असेसरको भूमिकामा एरविन जिएनस्ट्रा रहनेछन्। एजेन्सी
Comments