३० जेठ । भोलिदेखि रसियामा सुरू हुने २१औं संस्करणको अन्तिम तयारीमा रहेको एसियाली राष्ट्र जापानले पाराग्वेमाथि सानदार जित हात पारेको छ । विश्वकप फुटबलको अन्तिम मैत्रीपूर्ण खेलमा जापानले गएराति पाराग्वेलाई ४–२ ले हराएको हो ।
जापानका लागि ताकाशि इनुईले २ तथा शिन्जि कागावाले एक गोल गरे। फेडेरिको सान्टान्डरले आत्मघाती गोलको उपहार जापानलाई दिएका थिए । पाराग्वेका लागि अस्कर रामेरो र रिचर्ड अर्टिजले गोल गरेका थिए ।
विश्वकपको समूह एच मा रहेको जापानले पोल्याण्ड, सेनेगल र कोलम्बियासँग समूह चरणमा प्रतिश्पर्धा गर्नेछ । (एजेन्सी)
Comments