१७ बैशाख । चार खेल अगावै स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । आज बिहान भएको खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।
बार्सिलोनाका लागि लियोनेल मेस्सीले ३ तथा फिलिप कोटिन्होले १ गोल गरे । यस्तै, डिपोर्टिभोका लागि लुकास पेरेज र इम्रे कोलाकले गोल गरे ।
बार्सिलोनाले २५ औँ ला लिगा उपाधि जित्न सफल भएको हो ।अहिलेसम्म सबैभन्दा धेरै रियल मड्रिडले ३३ पटक ला लिगा च्याम्पियन भएको छ ।
बार्सिलोनाले ३४ खेलमा ८६ अंक जोडेको छ । एथ्लेटिको मड्रिडले ३५ खेलबाट ७५ अंक जोडेको छ । रियल मड्रिड भने ३४ खेलबाट ७१ अंक छ ।(एजेन्सी)
चार खेल अगावै स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जित्यो
0
Share.
Comments