काठमाडौं, १३ वैशाख । बंगलादेशमा जारी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाली राष्ट्रिय भलिबल टोली बलियो तुर्केमिनिस्तानसँग पराजित भएको छ ।
समूह ‘ए’को उपविजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको नेपालले समूह ‘बी’ मा अपराजित तुर्केमिनिस्तानसँग २५–१४, २५–१८, २५–१९ ले पराजित भएको हो ।
नेपालले अब तेस्रो स्थानको लागि आज हुने दोस्रो सेमिफाइनलको उपविजेतासँग खेल्ने छ । आज दोस्रो सेमिफाइनल आयोजक बंगालादेशले किर्गिस्तानसँग खेल्दै छ । प्रतियोगिताको सेमिफाइनल विजेताबीच फाइनल र तेस्रो स्थानको खेल शुक्रबार हुनेछ ।
नेपाल तुर्केमिनिस्तानसँग पराजित
0
Share.
Comments