काठमाडौं, १९ चैत । धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटमा टिम चौराह धनगढीले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा धनगढीले सीवाईसी अत्तरियालाई ३ विकेटले पराजित गरी विजयी सुरुवात गरेको हो ।
१ सय ५१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको धनगढीले १९.२ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य भेटायो । धनगढीका कप्तान सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै ३८ रन बनाए । उनले १५ बलमा अविजित ३८ रन बनाएका हुन् । विदेशी खेलाडी रोहन मुस्ताफाले ४० रन बनाए । त्यस्तै, राजेश पुलामी मगरले २१, अश्फक अहमद र राजु रिजालले समान १०–१० रन बनाए । अत्तरीयाका सुवांकर उराव र दिपेन्द्र सिंह ऐरीले दुईरदुई साथै बिनोद लामा र भिपिन चन्द्राले एकरएक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अत्तरीयाका प्रेम तामाङले २८ रन, दिपेन्द्र सिंह ऐरीले १९, भिपिन चन्द्राले २८ साथै कुशल भुर्तेलले २५ रन बनाएका थिए । धनगढीका ललित भण्डारीले तीन, रोहन मुस्तफाले दुई साथै समसद शेख र सोमपाल कामील एकरएक विकेट लिएका थिए ।
यसअघि भएको पहिलो खेलमा सीवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गरेको थियो । यता धनगढी भने काठमाडौं गोल्डेन्ससँग ७ विकेटले पराजित भएको थियो ।
धनगढीको पहिलो जित
0
Share.
Comments