१४ चैत्र । अर्जेन्टिना विरुद्ध मैत्रीपूर्ण खेलमा स्पेन विजयी भएको छ । गए राति स्पेनको मड्रिडमा भएको खेलमा अर्जेन्टिनालाई ६–१ को भारी अन्तरले हराएर स्पेन विजयी भएको हो ।
स्पेनका लागि इस्कोले ह्याट्रिक गरे भने डिएगो कोस्टा, इआगो आस्पास र थियागोले एक एक गोल गरे । यस्तै अर्जेन्टिनाका लागि डिफेन्डर निकोलास ओटामेन्डिले एक गोल गरेका थिए ।
खेलमा अर्जेन्टिनाका स्टार लियोनल मेस्सी पूर्ण फिट नभएकाले मैदानमा सामेल थिएनन् । (एजेन्सी)
अर्जेन्टिनाको लज्जास्पद हार
0
Share.
Comments