फागुन २८ । इंग्ल्यान्ड तथा टोटनह्यामका स्ट्राइकर ह्यारी केन गए राति बोर्नमथ विरुद्ध घाइते भएका छन् । खेलको ३० औं मिनेटमा बर्नमाउथका गोलरक्षक अस्मिर बेगोभिकसँगको ट्याकलपछि उनको गोलीगाँठामा चोट लागी भएका हुन् । आज एक्स–रे पछि चोटको गाम्भीर्यताबारे जानकारी हुने टोटनह्यामले जनाएको छ ।
केन बाहिरिंदा टोटनह्याम १–० ले पछाडि परेको थियो । तर उनको अनुपस्थितिमा पनि टोटनह्यामले ४ गोल फर्काउँदै शानदार जित दर्ता गर्न सफल रह्यो । (एजेन्सी)
टोटनह्यामका ह्यारी केन घाइते
0
Share.
Comments