एजेन्सी, ९ फागुन । रियल म्याड्रिडका पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो पोर्चुगल फुटबल संघको वर्षको उत्कृष्ट खेलाडी २०१७ को मनोनयनमा परेका छन् । रोनाल्डोसँगै म्यानचेस्टर सिटीका बेर्नाडो सिल्भा र स्पोर्टिङ लिस्बोनका रुइ पेट्रिसियो मनोनयनमा परेका छन् ।
वर्षको उत्कृष्ट खेलाडी २०१७ को अवार्ड मार्च १९ मा वितरण गरिने छ । मार्च १९ मा अवार्ड दिने अगाडिसम्म अनलाइन भोटिङको प्रक्रिया पनि अपनाइनेछ । यसपटक पनि रोनाल्डोलाई अवार्डको मुख्य दाबेदार मानिन्छ । यसअघि सन् २०१५/१६ र २०१६/१७ मा पनि उक्त अवार्ड रोनाल्डोले नै जितेका थिए ।
रोनाल्डो पोर्चुगलको वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा
0
Share.
Comments