एजेन्सी, २२ माघ । स्पेनिस ला लिगाको लिड लिडर बार्सिलोना रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोना तुलनात्मक रुपमा कमजोर टिम इस्पानोयलसँग १–१ को बराबरीमा रोकिएको हो ।
इस्पानोयलको मैदानमा भएको खेलमा इस्पानोयलका लागि ६६ औं मिनेटमा गेरार्ड मोरेनोले गोल गरे भने बार्सिलोनाका लागि ८२ औं मिनेटमा जेरार्ड पिकेले गोल गरे ।
यस जितसँगै बार्सिलोना अंक तालिकामा २२ खेलमा ५८ अंक लिएर शीर्षस्थानमा कायमै छ ।
गएराति भएको अर्को खेलमा बार्सिलोनालाई पछ्याइरहेको एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई १–० ले हराएको छ ।
एथ्लेटिकोका लागि एञ्जेल मार्टिनले निर्णायक गोल गरे । जितसँगै एथ्लेटिको मड्रिडको ४९ अंक सहित दोस्रो स्थानमा रहेको छ ।
Comments