एजेन्सी, ३ माघ । पुर्व ब्राजिल तथा बार्सिलोनाका स्टार स्टाइकर रोनाल्डिन्होले व्यवसायिक फुटबलबाट सन्यासको घोषणा गरेका छन् । रोनाल्डिन्होले सन् २०१५ देखि फुटबल प्रतिस्पर्धामा नखेलेको भए पनि अहिले आएर मात्रै सन्यासको घोषणा गरेका हुन् । सन् २०१५ मा ब्राजिलियन क्लब फ्लुमीनेन्स क्लब छाडेपश्चात उनी कुनै पनि व्यवसायिक फुटबल क्लबसँग आवद्ध थिएनन् ।
३७ वर्षका रोनाल्डिन्होले सन् २००२ मा ब्राजिललाई विश्वकप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
उनले सन् २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए । त्यसअघि सन् २००५ मा उनी वर्षको उत्कृष्ट खेलाडीले पाउने बालोन डी’ओर अवार्ड जित्न सफल भएका थिए ।
उनका भाइ तथा एजेन्ट रोबर्टो एसिसले हिजो रोनाल्डिन्होले फुटबलबाट सन्यास लिएको बताएका छन् । रोनाल्डिन्होले ब्राजिलियन क्लब ग्रिमिओबाट व्यवसायिक फुटबलको सुरुवात गरेका थिए ।
ब्राजिलका रोनाल्डिन्होले लिए फुटबलबाट सन्यास
0
Share.
Comments