एजेन्सी, १ माघ । इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीको यो सिजन लिगमा अपराजित यात्रा टुंगिएको छ । लिग अन्तर्गत गएराति अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटी लिभरपुलसँग ४–३ ले पराजित भएपछि अपराजित यात्रा टुंगिएको हो । लिगको २३ औँ खेलमा आएर म्यानचेस्टर सिटी पहिलो पटक पराजित भएको हो ।
लिभरपुलका लागि ओक्सलेड चेम्बरलेन, रोबर्टो फिरमिनो, साडिओ माने र मोहम्मद सालहले एक एक गोल गरे । म्यानचेस्टर सिटीका लागि लिरोय साने, बेर्नार्डो सिल्भा र गुन्डोगानले एक एक गोल गरे ।
स्टार खेलाडी फिलिप कोन्टिन्हो बार्सिलोना गएपछिको पहिलो खेलमा नै लिभरपुलले लिग लिडर म्यानचेस्टर सिटीलाई हराएको हो ।
यो सिजन लिगमा पहिलो हार बेहोरेको लिडर सिटीको २३ खेलबाट ६२ अंक छ । तेस्रो स्थानमा उक्लिएको लिभरपुलको २३ खेलबाट ४७ अंक भएको छ ।
लिग लिडर म्यानचेस्टर सिटी लिभरपुलसँग पराजित
0
Share.
Comments