एजेन्सी, २० मंसिर । च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिखले पेरिस सेन्ट–जर्मेन (पिएसजी)लाई हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा बुण्डेस लिगा क्लब बार्यन म्युनिखले लिग वान क्लब पिएसजीलाई समूहको अन्तिम खेलमा ३–१ ले हराएको हो । पराजित भए पनि पिएसजी समूह ‘बी’ को विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाउन सफल भयो ।
बार्यनको जितमा रोबर्ट लेवानडोस्कीले एक गोल गरे भने कोरेन्टिन टुलिसोले दुई गोल गरे । पिएसजीका लागि केलियन एमबाप्पेले एक गोल गरे ।
जितपछि बार्यनको १५ अंक भयो । पिएसजीको पनि १५ अंक नै भए पनि गोल अन्तरका आधारमा पिएसजी समूह विजेता बन्यो ।
समूह ‘बी’ अन्तर्गत राति नै भएको खेलमा सेल्टिक एन्डरलेक्टसँग १–० ले पराजित भयो ।
बार्यन म्युनिखसँग पिएसजी पराजित
0
Share.
Comments