काठमाडौं, ८ मंसिर । थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गरेको छ । नेपालले आज मलेसियालाई ३३ रनले हराएर पहिलो जित दर्ता गरेको हो ।
१ सय ९ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो । नेपाललाई जिताउन करुणा भण्डारीले ३ तथा रीतुकुमारी कनौजिया, नेरी थापा, सरिता मगरले एक एक विकेट लिए ।
थाइल्याण्डको बैंककमा पहिले ब्याटिङ गरेको नेपालका लागि सरिता मगरले ३७ र ज्योती पाण्डेले २१ रन बनाए । ४२ बल खेलेकी सरिताले रनआउट हुनुअघि ३ चौका प्रहार गरेकी थिइन् ।
नेपालको ४ खेलबाट ५ अंक भएको छ । नेपालले हिजो युएईसँग पाँच रनले हारेको थियो । यस्तै हङकङ र घरेलु टोली थाइल्याण्डसँग पानी परेका कारण बराबरी भएर अंक बाँडेको थियो ।
शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउने छन् ।
नेपालले मलेसियालाई ३३ रनले हरायो
0
Share.
Comments