एजेन्सी, ७ मंसिर । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत गएराति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले गोलको वर्षा गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकलाई ७–१ ले हराएको हो ।
पिएसजीका लागि नेयमार र एडिन्सन काभानीले दुई दुई तथा मार्को भेर्राट्टी, डानी एल्वेस र किलियन बाप्पेले एक एक गोल गरेका थिए । यस्तै, सेल्टिकका लागि मुसा डेम्बेलेले एक गोल गरे ।
समूह ‘बी’ बाट अन्तिम १६ मा छनौट भएको पिएसजीको १५ अंक भएको छ । यस्तै राति नै भएको खेलमा एन्डरलेक्टलाई २–१ ले हराएको जर्मन क्लब बार्यन म्युनिखको १२ अंक भएको छ ।
पिएसजीले गर्यो गोलको वर्षा
0
Share.
Comments