एजेन्सी, ७ मंसिर । म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत गएराति भएको खेलमा पराजित भएको छ । अवे मैदानमा भएको खेलमा समूह ‘ए’ मा रहेको म्यानचेस्टर युनाइटेड एफसी बासेलसँग १–० ले पराजित भएको हो ।
बासेलको लागि निर्णायक गोल कप्तान तथा डिफेन्डर म्यानुयल आकान्जीले गरे । १२ अंकका साथ समूहको शीर्षमा रहेको युनाइटेडलाई छनोट हुन अर्को खेलबाट कम्तीमा १ अंक अझै चाहिन्छ ।
राति नै भएको अर्काे खेलमा सिएसकेए मस्कोले बेन्फिकालाई २–० ले हरायो । हारपछि समूहको शीर्ष स्थानमा रहेको युनाइटेडको १२ अंक छ भने जित निकालेको मस्कोको ९ अंक रहेको छ ।
म्यानचेस्टर युनाइटेड बासेलसँग पराजित
0
Share.
Comments