एजेन्सी, ४ मंसिर । बुल्गेरियाका ग्रिगोर दिमित्रोवले एटिपी फाइनल्स टेनिसको उपाधि जितेका छन् । बेल्जियमका डेविड गोफिनलाई हराउँदै दिमित्रोवले ७–५, ४–६ र ६–३ को सेटमा हराउँदै उपाधि उचालेका हुन् ।
दिमित्रोव प्रतियोगिताका सबै पाँच खेलमा विजयी भए । उनले समूह चरण, सेमिफाइनल तथा फाइनलमा जित निकालेकाले पुरस्कार स्वरुप १९ लाख पाउण्ड पाएका छन् । उनी विश्व बरियतामा पनि तेस्रो स्थानमा उक्लिने पक्का भएको छ ।
पछिल्लो १९ वर्षमा एटिपीको इतिहासमा पहिलो सहभागितामै उपाधि जित्ने दिमित्रोव नै पहिलो खेलाडी हुन् ।
बुल्गेरियाका दिमित्रोवलाई एटिपी फाइनल्स टेनिसको उपाधि
0
Share.
Comments