एजेन्सी, २० कात्तिक । फ्रेन्च लिग वान फुटबलमा निसले डिजोनलार्इ हराएको छ । गएराति भएको खेलमा निसले डिजोनलार्इ १–० ले हराएको हो ।
निसका लागि मारिओ बालाटोलीले विजयी गोल गरेका हुन् । पहिलो हाफमा निसका लागि गोल गरेका बालाटोली खेलको अन्तिममा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिन बाध्य भए ।
निस १२ खेलबाट १३ अंकसहित १५ औं स्थानमा उक्लिएको छ ।
निसले डिजोनलार्इ १–० ले हरायो
0
Share.
Comments